Gandaki Medical College
Teaching Hospital & Research Centre (P) Ltd.


दुई दिने स्वास्थ्य शिविर सम्पन्न

गण्डकी मेडिकल कलेज र टिचिङ्ग हस्पिटल पृथ्वीचोक, पोखराले प्रदेश सरकार सामाजिक  स्वास्थ्य निर्देशनालय र कुवल्होसोथार गाउँ पालिकाको लमजुङ्ग संग सहकार्य गरी लमजुङ्गको घले गाउँमा दुईदिने स्वास्थ्य शिविरको आयोजना २०७७÷१२÷९ र १० गते गरेको थियो । उक्त शिविरमा गण्डकी प्रदेशका श्री माननिय मुख्य मन्त्रि  पृथ्वी सुब्बा गुरुङ्ग ज्यूको उपस्थिती थियो । र महानयाँधिबक्ता श्री डा. राजेन्द्र घिमिरे, स्वास्थ्य निर्देशक श्री डा. विनोद विन्दु शर्मा र गाउँ पालिका अध्यक्ष श्री प्रेम बहादुर घले लगायत गाउँ पालिका उपाध्यक्ष श्री कुमारी मुन्नी गुरुङ्गको उपस्थितीमा शिविर शुभारम्भ भएको थियो । 

स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज बाट मेडिकल सुपरीटेन्डेन्ट डा. टुमाया घलेको अगुवाईमा विभिन्न विभागको स्वास्थ्य जाँच भएको थियो । दाँत, आँखा, कान, हडी, मेडिसिन, स्त्रीरोगको जाँच गरेको थियो ।, उक्त शिविरमा भिडियो एक्सरे द्वारा विरामीहरुको जाँच गरिएको थियो । गण्डकी मेडिकल कलेजका प्राचार्य डा. रविन्द्रप्रसाद श्रेष्ठज्यूले उक्त शिविरमा ७०० भन्दा वढी विरामी उपस्थिती भएको जानकारी दिनु भयो । डा. लुना अर्यालले उक्त शिविरका हरेक विरामीलाई मेडिकल काउन्सील गर्नुका साथै सवै भन्दा धेरै त्यस क्षेत्रमा आँखा सम्वन्धी विरामी आएको जानकारी गराउनु भयो । ५० प्रतिशत विरामी आँखाको एलर्जी रोग लिएर आएको तथा एच.टि.एन.को समस्या पनि उत्तिकै देखिएको र विरामीहरु भुजुङ्ग गाउँ पालिकाबाट पनि जाँच गराउन आएको डा. लुना अर्यालले जानकारी गराउनु भयो ।