Gandaki Medical College
Teaching Hospital & Research Centre (P) Ltd.


अन्तकालको व्यवस्थापन र उपयोगी मृत्यु

१) परिचय

सन्तोषमय मृत्युको कल्पनागर्ने पनि कसरी ः– मृत्यु घरमा भएको, पीडा मुक्तअवस्थामा र आफन्तजनको माँझमा भए मात्र्रै शान्त मृत्यु भएकोमात्र सकिन्छ होला । अस्पतालमा हुने मृत्युहरुमा उर्जापूर्ण वातावरण तत्परभित्र रिससिटेशन (मृतोथान) भईरहेको हुन्छ । आत्मजनहरुलाई त्यो कोठा खाली गर्न अनुरोध गरिएको हुन्छ । मरणासत्र रोगीलाई यस्तो वातावरण सन्तोष प्रदहुन साह्ै कठिन हुन्छ। अस्पताल भित्र प्राणघातक रोगले ग्रसित रोगी– समुहको निरन्तर आगमन अवगमन भई रहेको पनि हुन्छ। यस्तो मरणासत्र परिस्थितिमा चिकित्सक र आफन्तहरु दुबैमा प्रबल विषण्णता स्वभाविक हुनेगर्छ । फेरी मृत्युको घोषणा एउटा न्यायिक प्रक्रिया हो, यो चिकित्साशास्त्रले गरेको एउटा निर्णय मात्रै पटक्क होईन । जहां मृत्यु हुन्छ त्यहां दुःख भाव अवश्य हुन्छ । वेदना प्रत्येक मृत्युको सहयात्रि हो । मृत्युकोघोषणा गर्ने बित्तिकै केही प्रकृयाहरु स्वतः क्रियांवित हुन्छन ।

चिकित्सा क्षेत्रमा  हुने  स्वाभाविक  प्रक्रियाहरु

१. प्राण–रक्षक  उपकरणहरु  हटाउने  ।
२. मृतकको  शरिरबाट  उपयोगि  अङ्ग  प्रत्यारोपणको  उद्देश्यले  निकाल्ने  ।

सामाजिक  परिवेशमा हुने  स्वाभाविक  प्रक्रियाहरु

१.  वैवाहिक जीवनको अन्त ।
२.  सम्पत्तिको बाँड–फाँड ।
३.  जीवन बीमा संकलन ।
४.  धेरै  आर्थिक  र  न्यायिक  प्रक्रियाहरु   क्रियाशील  हुन्छन  ।

यस्तो घोषणा पछिका स्वाभाविक प्रतिक्रियाका गम्भीरता र विकरालतालाइ मनन गरेर मृत्युको न्यायिक परिभाषाको कठोर ज्ञान चिकित्साशास्त्रको बाध्यकारि पक्ष हुन्छ ।

२) मृत्युको  परिभाषा

घरमा मृत्युको घोषणा मान्छेको सांस र नाडी चल्न छाडे पछी परिवारजनले सजीलै आफ्नै विवेकका आधारले गर्छन । त्यस्तो निर्णय समाजमा मान्य पनि हुन्छ । अस्पतालमा मरणासत्र बिरामी जीवन रक्षा र संरक्षणका जटिल उपकरणमा जडित हुन्छन र जीवन लम्ब्याउने औषधीहरु तिनका शरीमा प्रवाहित भईरहेको हुन्छ । यस्तो स्थितीमा मरणासत्र बिरामीलाई कहिले मृत करार गर्ने, यस विषयमा व्यापक मतभेद चिकित्साकर्मीहरुमा स्वाभाविकरुपले हुन्छ र यस्तो विवाद भविष्यमा पनी भई राख्नेछ । यस्तो अवस्थामा मृत्युको घोषणा गर्नु भन्दा अगावै जती चिकित्साशास्त्रको ज्ञान आवश्यक छ त्यतीनै बिरामीको निजी र धार्मिक परिवेशको

ज्ञान हुन आवश्यक हुन्छ । मात्रै औषधी र उपकरणले जीवित राख्ने प्रयासको औचित्यकरण पनी त्यतीनै गंभीर समस्या र विवादको विषयनै हो । हाल मृत्युका चार प्रमुख आधार मान्य छन ।
१. कार्डियोपल्मोनरी डेथ–हृदय र स्वास रोकीए पछी मृत्यु सिद्ध गर्ने अभ्यास ।
२. होलब्रेन डेथ–सम्पुर्ण मष्तिश्क शिथील भए पछी मृत्यु सिद्ध गर्ने अभ्यास ।
३. हाइयरब्रेन डेथ–उच्च मष्तिश्क शिथील भए पछी मृत्यु सिद्ध गर्ने अभ्यास ।
४. पेशेन्ट डिटरमाइन्ड डेथ– बिरामीले स्यवं कुन अवस्थामा उसलाई मृत सिद्ध गर्ने निर्णयको सम्मान र अभ्यास ।

२.१. कार्डियोपल्मोनरी डेथ– हृदय र श्वास रोकीए पछी मृत्यु सिद्ध गर्ने अभ्यास । योसन् १९५० सम्म सर्वमान्य थीयो । त्यस पछी हृदय, स्वाश प्रकृया र मृगौलाका उपकरणीय विकल्प आए (हार्ट लङ्ग मशीन र डायलाइसिस) अनी यस परिभाषको औचित्यनै रहेन । जब उपकरण मार्पmत हृदय र श्वास चलाउन सकीन्छ भने ती प्रकृया चलेका छैनन भनेर मान्छेलाई मृत करार गर्न अब मिल्दैन, साथै हृदय र श्वास चलीरहेछ भनेर यो मान्छे जीवित छ भत्र पनी पाईएन । हालमा यस परिभाषाको प्रयोग अस्पताल भित्र प्रायः गरीदैन र घरमा मृत्यु भएको खण्डमा मात्रै आम नागरिकले गर्छन ।
यस  मृत्युको  परिभाषा भन्दा अन्य  परिभाषामा  विचार  गर्नका  लागी  हृदय  र  श्वास  चल्दाचल्दै पनि मृत्यु भएको मात्रे र त्यस्तो मृत्युको कानुनी मान्यता गराउने दृष्टान्तको विस्तार गर्नै पर्छ यस पछी आउने सबै मृत्युका परिभाषा त्यस्तै दृष्टान्तमा आधारित छन ।

२.२ होलब्रेन डेथ –सम्पुर्ण मष्तिश्क शिथील भए पछी मृत्यु सिद्ध गर्ने अभ्यास ।  हार्वर्ड मेडिकल स्कुलले सन् १९६८ मा औपचारिक रुपमा मृत्युको यस परिभाषालाई मान्यता दीएर प्रयोग गर्ने शुरुआत गरेकोे हो । यो पहिलो  त्यो वैज्ञानिक अभ्यास बन्यो जहां हृदय र श्वास चल्दा चल्दै पनी मान्छेलाई मृत घोषणा गरीयो । उनीहरुले सम्पुर्ण मष्तिश्क शिथील भए पछी मृत्यु सिद्ध गरेर हृदय, स्वाश प्रकृया र मृगौलाको उपकरणीय विकल्प (हार्ट लङ्ग मशीन र डायलाइसिस) लाई पनी सबै छुट्याउने काम गरे । युनिवर्सल डिटरमिनेशन अफ डेथ एक्टले पनी सन् १९८० देखी कानुनीरुपमा यस प्रथालाई मान्यता गर्यो, र हालमा मृत्युको यो परिभाषा विश्वभरीनै सबै भन्दा धेरै स्विकारीएको छ । अनिर्णयका  अवस्थाहरु न हुन र भावुकता पनी सही निर्णय प्रतीको बाधा न बनोस भनेर प्रायःजसो सबै मुलुकहरुले प्रत्यारोपण योजनामा संलग्न न भएकोकम्तीमा एउटा अन्य चिकित्सकले पनि मृत्युको प्रमाणीकरण गर्नु पर्ने नियम बनाएका छन । यस परिभाषालाई मान्यता दिएको अवस्थामा मष्तिश्कको सबै भन्दा तल्लो स्थान ब्रेन स्टेममा पनी कुनै क्रीयाशीलता पाइएको खण्डमा मृत्यु जती पनी भएतापनी निश्चित हामीले लाइफ सपोर्ट सिस्टम हृदय, स्वाश प्रकृया र मृगौलाको उपकरणीय (हार्ट लङ्ग विकल्प मशीन र डायलाइसिस) हरु लाई निरंतरता दीन सक्छौं र त्यस्ता उपकरणहरुलाई बिरामीबाट छुट्याउन कुनै बाध्यता हुत्र।

२.३. हाइयरब्रेन डेथ–उच्च मष्तिश्क शिथील भए पछी मृत्यु सिद्ध गर्ने अभ्यास साधारण जानकारीका लागी कोर्टेक्स(मश्तिष्कको उच्च भागले)भावुकता, चैतन्य, सम्झना, अनुभुती कल्पना आदी कार्य गर्छ भने, ब्रेनस्टेम(तल्लो मश्तिष्कले)श्वास हृदय आदीका कार्य गर्छयस। दृष्टान्तको आरंभ लाशहरुलाई अनिश्चितकाल सम्म उपकरण मार्फत हृदय, स्वाश प्रकृया र मृगौलाको  कार्य  गराएर  तथाकथितरुपमा  जीवित  राखने  प्रवृत्तीलाई  रोक्नु  पर्ने  आवश्यकताले गराएको हो । यसले संसारभरीनै यस कार्यमा सफलता पाईसकेको छ । यसले पर्मानेन्ट वेजिटेटिव स्टेट–त्यो अवस्था जसमा बिरामीले श्वास आंपैm लीन सक्छ किन भने उसको ब्रेनस्टेम क्रीयाशीलछ तर उसको कोर्टेक्स शिथील भएकाकारणबांकी जीवन अचेतनहुने भयो । भावुकता र चेतना कहिले पनि न हुने नैग्यारेण्टी  छ  । यो त्यो क्षेत्रहो जहां जीवन र मृत्यु संग संगैहुन्छन र दुबै पृथक अवस्थाहरुला छुट्याउन पनी संभव छैन । यस अवस्थाको प्रमाणीकरण होलब्रेन डेथ–सम्पुर्ण मष्तिश्क शिथील भए पछी मृत्यु सिद्ध गर्ने प्रकृया जस्तो निश्चित हुत्र ।यसमा अस्थायीरुपमा अचेत अवस्थालाई मृतावस्था भनेर प्रमाणीकरण गर्ने प्रबल संभावना हुन्छ, त्यसैले गर्दा कानुनीरुपमा यस मृत्युको परिभाषा त्यती स्वीकारीएको छैन । उच्च मष्तिश्क स्थायीरुपमा शिथील भएको प्रमाण यम.आर.आई र पी.ई.टी प्रणालीबाट मृत्यु भएको ३ देखी १२ महीना पछी मात्र संभव हुन्छ । त्यस पछी मात्रै आजको प्रविधीले हाइयरब्रेन डेथको प्रमाणीकरण गर्न सक्छ । पर्मानेन्ट वेजिटेटिव स्टेटका केही बिरामी चीरकालको अचेतना पछी स्वतः चेतन भएर सञ्चो भएका घटना पनी सत्यनै हुन त्यसकारणले यस परिभाषामा पुग्न गाह्ै छ ।

यस संदर्भमा दुईवटा मर्न पाउने अधिकारका व्यापक ख्याती प्राप्त अभियोगको म अव्यख्या गर्छु ।

   अभियोग १ः औषधीको मात्रा बढी भए पछी के.ए.क्यु निश्चेत भइन । उसको पिता उसको न्यायीक अभिभावकमा मनोनीत भए । पिताले लाइफ सपोर्ट सिस्टम हटाइ पांउ भनेर अनुरोध पनी गरे । सो अनुरोध अस्पताल प्रशासनले कानुनी बाधाका कारण स्विकार्न सकेन । कृत्रिम आहार र जलले अभैm ९ वर्ष उ अचेतन भएर बांचिन । न्युजर्सी सर्वाेच्च अदालतमा लामो मुद्दा चल्यो । सर्वाेच्चले न्यायीक अभिभावकाई लाइफ सपोर्ट सिस्टम हटाइ पांउ भनेर अनुरोध गर्ने अधिकार छ भत्रे ठहर गर्यो । त्यस पछी मात्रै के.ए.क्युको श्वास प्रकृया उपकरण हटाईयो ।

   अभियोग २ः यन.सी को पिताले उ कहिले पनी चेतन हुत्र भनेरजाने पछी यन.सीको कृत्रिम आहार र जल रोक्न मुद्दा हाले । कानुनले उ जीवितछ भनेर त्यसको अनुमतीनै दीएन । श्रीमान स्टीवेन्सको इजलासले गरेको टिप्पणी घत लाग्दो छ “जब देखीनैमान्छेको जैविक अस्तित्वलेत्यस मानिसको स्वार्थ सिद्धीमा कुनै योगदान गर्दैन तब देखीनै उसको मृत्युसिद्ध हुनु पर्छ” यस्तो तर्क आएपछी बल्ल यन.सीको कृत्रिम आहार र जल कानुनी अनुमति पछी रोक्कीयो ।

यस अभियोगको विवाद बिरामीले उपचारनै गर्दीन भत्रे अधिकारको रक्षामा आधारित थीयो । कुनै पनी बिरामीले उपचार प्रकृयाको अनुमति(“मंजुरीनामाः कन्सेन्ट”) न दीएको खण्डमा उपचार प्रकृयो गर्नै मिल्दैन । विवाद कहां आंउदो रहेछ भने उपचार गर्न न मात्रे व्यवहार आत्महत्याको व्यवहार सङ्ग मिल्छ । आत्महत्या सबै देशमा कानुनी अपराध हो । कहां सम्मको उपचार बहिष्कार गरे त्यो व्यवहार आत्महत्याको परिभाषामा पर्छ, यो प्रश्नचर्काे विवादको विषय हुन जान्छ ? हालमा अदालतहरुले पनी सबैज्यानहरु कृत्रिम अवस्थामा जीवित राखेर सबै बिरामीहरुलाई लाभ हुन्छ भनेर मान्यता दीदैन्। यस अवस्थामा हृदय, स्वाश प्रकृया र मृगौलाको उपकरणीय विकल्प हटाइन्छ र साथै त्यस बिरामीलाइ मृत करार गरेर उसका उपयोगी अङ्गहरुलाई प्रत्यारोपणका लागी झिकेर प्रयोग गरीन्छ ।

यसमा म स्पष्ट गर्न चाहन्छु की अचेत पर्मानेन्ट वेजिटेटिव स्टेटमा परेको न्यायीक बिरामीकै अभिभावकले चेतना फर्कीने संभावना न्युन भएको जानकारी हूंदा हूदै पनी हृदय, स्वाश प्रकृया र    मृगौलाको उपकरणीय विकल्पको इच्छा गर्छ हामीलेभने कृत्रिम जीवनलाई पनी निरंतरता दीनै पर्ने हुन्छ, यसमा चिकित्साशास्त्रले आंफुखुशी त्यस्ता सपोर्ट सिस्टम हटाउन पाउत्र ।

२.४ पेशेन्ट डिटरमाइन्ड डेथ–बिरामीले स्वयम कुन अवस्थामा उसलाई मृतसिद्ध गर्ने निर्णय गर्छ र हामीले त्यस्तो निर्णयको सम्मान र अभ्यास गर्छाैं। यसलेदृष्टांत परिवर्तन हुने क्रममानै झन विवाद थपेकोछ । यसको आधार बिरामीका र्नैतिक र धार्मिक आस्थाको सम्मान गर्ने सोच हो । यसमा त्यस्तो विषम स्थिती पर्छ जहां बिरामीको मृत्युको परिभाषा चिकित्साशास्त्रको परिभाषा देखी पृथक हुन्छ । मारीया अभियोगले यस संदर्भमा व्यापक मिडिया कवरेज पाएको थियो । मारीया नामक ५ वर्षीय बच्चाको सम्पुर्ण मष्तिश्क शिथील भए पछी होल ब्रेन डेथकै आधारमा मृत करार गरीएको थीयो तर हृदय र श्वास चलेका कारण आफन्तले मृत्यु स्विकारदै स्विकारेनन् । साथै मृत करार न गर्नका लागी मुद्दा समेत गर।े उनको मनशाय प्रचुर प्रयासगरेर पनी त्यस बच्चालाई उनको बुझाइ अनुसारको जीवित राख्ने थीयो । यसमा अन्नास जी. जे ले मार्च २, १९९६ को न्युयोर्क टाइम्समा यस्तो टिप्पणी गरे “एउटा लाशलाई धर्म र आस्थाको मात्रै आधारमा आई.सी.यु मा जीवित सरह केही समयका लागी राख्नु नैतिकताको आधारमा उचित भएता पनि दीर्घकाल सम्म आई.सी.यु मा जीवित सरहराख्नु त्यतीनै अनैतिक हो जती जिउदो मान्छे लाई मृत भनेर दाह संस्कार गरीदिनु” यहां हामीले धार्मिक आधार जसमा कुनै पनी खण्डमा जीवन लम्ब्याउने दृष्टान्त हुन्छ र वैज्ञानिक आधार जसमा प्रयत्न पछीको संभावित लाभको व्याख्या हुन्छ दुबैका बीचमा कठोर मतभेद स्पष्टरुपमा पाउछौं। स्वतंत्र समाजमा राज्यको बाध्यकारी स्वार्थ छैन भने न्याय गर्दा निजि आस्थाको सम्मान गर्नै पर्ने हुन्छ र हामीले चिकित्सा एवं कानुनी मृत्युको प्रमाणीकरण भई सक्दा पनी मुटु र श्वास चल्दाचल्दै अभिवाभकको अनुमति न लिए सम्म लाइफ सपोर्ट सिस्टम हटाउन पाउंदैनौं ।

यस्तो स्वतन्त्रताको  सम्मान  गरेमा एउटा ठुलै  समस्या  आउँछ  ।  यदि  चिकित्साशास्त्र  र  कानुनले तोकेको परिभाषानै न मानेर हामीले मृत्यु करार गरेर लाइफ सपोर्ट सिस्टम हटाउने काम गर्छौ भने यो सजीलै कानुनीरुपमा ज्यानमारा ऐन सङ्ग बाझिन सक्छ । त्यसैको  उल्टोबिरामीको अभिभावकले त्यस्ता सपोर्ट सिस्टमको अनुचित उपयोगका अनुरोध गर्छ भने, अन्य बिरामीलाई त्यस्ता उपकरणबाट वंिन्चत गरेर उसको गंभीर हानी पनी गरेकै हुन्छ । अर्थात मृत्युको एकमात्रै परिभाषा राखीएन भने धेरै विवादआउन सक्छन र आत्महत्या र प्राणघात जस्ता घिनलाग्दो मुद्दामा अभिभावक र चिकित्साकर्मी पर्न सक्छन ।
 
मृत्युको  उपयोगीता

देशका  लागी  भएको  मृत्यु  सबै राष्ट्रहरुमा प्रमुख  उपयोगी  मृत्यु  भनेर मानीएको छ  ।  कहिले कांही धर्मका नाममा भएको मृत्युलाई पनी उपयोगी मनीएको पाईन्छ । अन्य मृत्युहरुलाइ समान्यरुपमा उपयोगी भत्र पाइत्र । हाल अङ्गदान मात्रै त्यो उपाय हो जसले प्रत्येक मृत्यु उपयोगी हुने सम्भावना बोकेको छ । अब हामीले यति मात्रै बुझे हुन्छ कि मृत्यु पछि हामीले समयमानै अङ्गदान गरेका छैनौं भने, हाम्रो मरण उपयोगी हुन सक्दैन । साथै यस्तो दान मृत्यु केहि क्षण अगावै गर्न पाईएको खण्डमा बल्ल यस्तो अधिकतम दान उपयोगी हुन्छ ।सन् १९८७ मा लोमा लिंडा विश्वविद्यालयले चिकित्सा क्षेत्रमा एकदमै ठूलो विवाद चकर््याएर छाड्यो । उसले एनेनसिफालिक नवजात शिशुशरुलाई  (इनको जन्मदांउच्च मश्तिष्कनै हुत्र, र अन्य अङ्ग सुचारु भएता पनी जीवन असंभव हुन्छ । ) लाइफ सपोर्ट सिस्टममा उनको अङ्गहरुलाई प्रत्यारोपणका उद्देश्यले जीउंदै राख्यो र तब सम्म त्यस्तो बच्चालाई लाइफ सपोर्ट सिस्टममा राख्यो  जब  सम्म  उसको  कानुनीरुपमा  मृत्यु  भएन  ।

मात्र अङ्गहरुलाई प्रत्यारोपणका उद्देश्यले लाइफ सपोर्ट सिस्टमको प्रयोगको नैतिकतामा व्यापक र चर्को विवाद समस्त चिकित्सा, न्याय र बुद्धीजीवीहरुको वर्गमा चकर््यो । यस प्रयोगको निष्कर्ष यस्तो थीयो “यसरी जीउदो राख्दा ६ मद्ये १ शिशु १ हफ्ता भित्र मात्रै होल ब्रेन डेथको मापदण्डमा पर्दा रहेछन र उनको अङ्ग प्रत्यारोपण गर्न सकीन्छ त्यस कारण यस्ता शिशुहरुलाई लाइफ सपोर्ट सिस्टममा राखेर अङ्ग प्रत्यारोपणमा कुनै विशेषउपलब्द्धी हुत्र । जब सम्म कानूनीरुपमा यस्ता शिशुहरुको मृत्युको बन्देश छ, साह्ै उपयोगी अङ्गहरु व्यर्थ जाने छन ।” एनेनसिफालिक नवजात शिशुशरु अङ्गहरुको ठूलै स्रोत हुन युनिवर्सल िटरमिनेशन अफ डेथ को मापदण्ड भित्र कुर्न परेको खण्डमा त्यस्ता अङ्गहरुको सफल प्रत्यारोपणको न्यूनसंभावना धेरै हुन्छ । यस प्रतिवेदन पछी अमेरिकनचिकित्सा संघले यस्ता शिशुहरुको होल ब्रेन डेथको अगावै प्रत्यारोपणका लागी अङ्ग झिकने निम्न स्थितिमा अनुमति दीयोः
१. आमा  बाबाको  अनुमति  छ  ।
२. प्रत्यारोपण योजनामा संगलग्न न रशेका विषेश प्रवीणता प्राप्त २ जना चिकित्सकले एनेनसिफालीको किटान गरेका छन ।
३. परिषदले  तोकेका  आचार  र  नीयम  सम्पूर्णरुपमा  पालन  गरेका  थीए  ।

यसले पनी ठूलै विवाद सृजना गर्यो, अन्तमा अमेरिकन चिकित्सा संघले आफ्नो निर्णय फिर्ता लीयो । युरोपमा नेनसिफालीलाइ मष्तिश्क रहितको अवस्था भनेर व्याख्या गरीन्छ र तत्कालै प्रत्यारोपणका लागी अङ्ग झिक्ने गरीन्छ । सन् १९६८ को युनिवर्सल एनाटोमिकल गिफ्ट एक्टले अमेरिकामा आप्mनो अङ्ग प्रत्यारोपणका लागी दान दीने अधिकार दीएको छ तर यसका लागी होल ब्रेन डेथ अनिवार्य छ । मृत्यु पूर्व दानको निर्णय भएको छैन भने निकटतम नाता भएकाले पनी अङ्गदान गर्ने अनुमति दीन सक्छन । अमेरीकामा मात्रै कुनै पनि समयमा कम्तीमा ४०,००० अङ्ग प्रत्यारोपणका लागी बिरामी कुरीरहेका हुन्छन र बर्षमा मात्रै ४००० दाताहरु पाइन्छन । यसले अङ्गहरुको कती ठूलो मांग छ स्पष्ट पार्छ । पिट्सबर्घ मर्यादाक्रममा दीर्घकालीन मरणासत्र बिरामीहरुको लाइफ सपोर्ट सिस्टम छुटाउने प्रवाधान छ । यसमा लाइफ सपोर्ट हटाएर हृदय रोकीएको २ मिनेट भित्रै प्रत्यारोपणका लागी अङ्ग झिक्ने गरीन्छ । यस विषयमा एकमत न भएका कारणले मृत्यु पछीको त्यत्रो उपयोग लाग्ने अङ्गहरु समयमानै न निकालीएका कारण खेर जांदै छन । सामान्यतः प्रत्येक मृत्यु पछी सम्पूर्ण अङ्गहरु समयमानै निकाल्न सकीएको खण्डमा कम्तीमा १२ प्रत्यारोपण प्रत्याशीहरुको उत्थान हुने संभावना हुन्छ ।

अन्तकाल

प्राविधिक विकासले गर्दा आज जीवनलाई अनिश्चितकाल सम्मनै लम्ब्याउन संभव छ । सञ्चो पार्न र रोग निवारणगर्न न सके पनी जैविक कृयाहरुलाईनिरंतरता दीन सकीन्छ ।मेरोमृत्यु कुन अवस्थामा र कुन समयमा तय गर्नेयस्तो आत्म निर्णयको अधिकार मरणासत्र दीर्घकालीन रोगीहरुलाई हुन्छ र सबैले त्यस्ता निर्णयहरुको सम्मान  गर्नै पर्छ ।

पूर्व निर्देशनः मृत्यु अगावै  आप्mना लाइफ सपोर्ट सिस्टमर अङ्गदान बारे मनशाय र अचेत भएपछी मेरो सट्टा निर्णयहरु कसले गर्छ त्यसको पहिचान लिखितम गरीएको निवेदनलाइ हामीले पूर्व निर्देशन भन्छौं । चिकित्सकहरुलाई त्यस्तो निर्देशनहरुको कहिले पालना गर्नु पर्ने हुन्छ त कहिले त्यस्तो निर्देशन बनाउंन बिरामीको मददनै गर्नु पर्ने हुन्छ । मेरो मृत्यु पछी मेरो शरीरको के गती हुन्छ त्यस निर्णयको अधिकार त शुद्ध मेरो निजि निर्णयहो र यो साह्ै सम्मानयोग्य निर्णय पनी हो । मंजुरीनामाको (कन्सेन्ट) कुरा गर्दैमा सहजै बुझनु्  पर्छ की मंजुरीनामा नदीएकोमा उपचार प्रकृया शुरु गर्न मिल्र्दैन । तसर्थ प्रत्येक बिरामीमा उपचार न गर्ने अधिकार निहित छ । म उपचार गर्न चाहत्र भनेकोमा प्रायः सबै देशहरुमा त्यो अधिकारको सम्मान गरीन्छ । त्यस्तो निर्णयले बिरामीको मृत्यु हुन्छ भने पनी, हाल सम्म हामीले बुझेको आत्म निर्णयको अधिकारका दृष्टांतहरुले त्यो धिकारको सम्मान गर्नै पर्नेहुन्छ । त्यसैको आधारमा सबै अदालतहरुले बिरामीको स्वयं निर्णय गर्ने अशक्तता भएको खण्डमा पनी त्यस्तो निर्णय गर्न बिरामीको कानुनी अभिभावकलाई दीने गर्छ । मरणासत्र बिरामीको मौखिक अभिव्यक्तिलाई पनी सम्मान गरी चिकित्साकर्मीले आप्mनो योजना गर्नु पर्ने हुन्छ ।

मरणासत्र अवस्थाको खुलासाः यस्तो खुलासाको अति आत्मीयताका साथ बिरामीले स्वागत गर्दा रहेछन । बिरामीलाई उसको स्थितिका बारेमा प्रष्ट पार्दा उनीहरु साह्ै संतोष व्यक्त गर्दा रहेछन । यसले बिरामीलाई मेरो चिकित्सक म प्रती इमानदार छ भएको अनुभुती हुन्छ र उसले चिकित्सा प्रणाली प्रती पूर्ण आस्था राख्छ । मरणासत्र हूंदा चिकित्सा प्रणाली प्रती पूर्ण आस्था छ भने बिरामी धेरै संतोष गर्दा रहेछन । प्रायः पाइन्छ की कसैलाई उसको बांकी जीवन सीमित छ भत्री थाह भयो भने उसल आप्mना् अन्तिम क्षणको फरक व्यवस्थापन गर्दा रहेछन । यो निजको अन्तिम क्षणको व्यवस्थापन गर्ने अधिकार एकदमै संवेदनशील र उचित अधिकारो हो । बिरामीलाई उसको वस्तुतः स्थिती थाह दीनु पर्छ भत्रे तर्क उसको यस अधिकारको सम्मान गर्नु पर्ने दृष्टांतमा आधारित हुन्छ । मरणासत्र बिरामीहरु प्रायः आप्mना अशक्तताका कारण स्वयं अभिव्यक्ति  गर्न  सक्दैनन  र  उनीहरुलाई  आप्mना् विचार  जताउन  आफन्तहरुको  आवश्यकता हुन्छ । त्यस कारण यस्ता विमर्श गर्दा हामीले विशेष व्यवस्था गरेर मात्रै विमर्श गर्नु पर्छ, साथ त्यस्ता विमर्शका निष्कर्शहरुको लिखितम प्रतिवेदन राख्ने व्यवहारको विकास गर्नु पर्छ । यस समय बिरामी र आफन्तहरु गम्भीर भावुकतामा हुन्छन अनि त्यही बेला फेरी उनिहरुले जटिल जोखिमपुर्ण उपचार क्रमका निर्णयहरु पनी लीनु पर्ने हुन्छ । आहारको संबन्ध ठूलैरुपमा सांस्कृतिक र भावुकता सङ्ग जोडीएको मैले पाएको छु । बिरामीले आहार ग्रहण गर्ने बित्तिकै आफन्तहरुमा धेरैसंतुष्टी आंउदो रहेछ । कृत्रिम आहार र जल दीने कुरामा प्रायः आफन्तहरुले मन्जुरी दीने मुल कारण पनी, यस तर्कमा आधारित हुन्छ कि त्यस्तो गर्दा बिरामीको आयु लामो हुनका साथै यसले आराम पनी पाउंछ । यो  साह्ै गलत धारणाहो । साथै मरणासत्र बिरामीले आहार अस्वीकार गर्छन, त्यस बेला आहार दीने प्रयत्नले–पानी खुवाउने आदी हाम्रो चलनले बिरामीलाई आराम हैन, पीडा मात्रै दीन सक्छ ।

डु नट रिससिटेटः(मृतोथाननिषेधाज्ञा) –कुनै अतिंम मृतोथान र प्राण  रक्षक उपाय न गर्नुः यो एकदमै संवेदनशील आदेश हो । यसको तर्क यस तथ्यमा आधारित छ रिससिटेट( मृतोथान) गर्नु पर्ने बिरामीहरु मद्ये १ प्रतिशत भन्दा कम मात्रै डिस्चार्ज हुन्छन । अस्पतालमा मरणासत्र भई भर्ना भएका बिरामीहरुमा प्रायः ह्ृदय, श्वास प्रकृया, मृगौला आदी फेल भइ सकेका हुन्छन, तिनीमा धेरै पैmलीएको क्यान्सर, दम आदी रोग हुन्छन । हाम्रो उपचार प्रकृयाको व्याख्याले बिरामी र उसका निर्णयकर्ताहरुको निर्णय सजीलै फेरीन सक्छ । त्यसकारण बिरामीको अवस्था र उपचार प्रकृयाका संभावनाहरुको हामीले निकै निष्पक्ष र पुरा किटानका साथ व्याख्या गर्नु पर्छ । रिससिटेशनलाई (मृतोथान प्रकृया ) एकल उपचार प्रकृया भन्दा पनी श्रृंखलाबद्ध उपचार प्रकृया भनेर जात्रु पर्ने हुन्छ र प्रायः जसो यो बिरामीले कसरी मृत्यु प्राप्त गर्छ भत्रे एउटा अभिव्यक्ति हुन्छ । यसले गर्दा दीर्घकालीन मरणासत्र बिरामहिरुको मृतोथान प्रकृयाले उद्धार हुत्र, यस प्रकृयाको उपयोग अन्य अवस्थामा प्रमाणित छ तर मरणसत्र बिरामीहरुमा कुनै उपयोगीता सिद्ध छैन  ।

अन्तकालः जीवनका अतिंम २४— ४८ घण्टालाई अन्तकाल भने हुन्छ । यस समयमा जुन परिवर्तन मरणासत्र बिरामीमा देखा पर्छन ती चिकित्साकर्मी लाई स्वाभाविक लागे पनी आफन्तलाई डरलाग्दै प्रतीत हुन्छन । निसास्यीएको, घ्यारघ्यार गरेको, कराएको, अचेत भएको, अव्यवस्थित हिडडुल गरेको आदी जस्ता कृयाले आफन्तहरुलाई साह्ै मर्माहत गर्छ । यस्ता क्रिया स्वाभाविक हुन र त्यस्तो हुंदा बिरामीलाई कुनै पीडा भएको हुत्र भनेर हामीले आफन्तहरुलाई आश्वासन दिनै पर्छ । यसले गर्दा स्थिति हाम्रो चिकित्सको नियंत्रणमा छ, र हाम्रो चिकित्सक सचेत पनी छ भत्री विश्वास आफन्तहरुले गर्दा रहेछन । त्यसबेला आफन्तहरुमा चिकित्सक अनुपस्थित हुन्छ की भत्रे सर्वव्यापी भए मैले पाएको छु । हाम्रो उपस्थितिले मात्रै जो संतोष प्रवाहित त्यो साह्ै उपयोगी गर्छ सिद्ध हुन्छ ।

मृतोपरान्तको  स्वयंस्याहार
 

मरणासत्र बिरामीको स्याहारले चिकित्सकको धेरै उर्जा खर्च गर्छ साथै चिकित्सक मानसिक, शारीरिक र आध्यात्मिक रुपमा थकित हुन्छ । मृतोपरान्त चिकित्सकले अरु आउने यस्ता चूनौतीहरुको सामना गर्न सर्वदा आंफुलाई तत्पर र तर्रार राख्नै पर्ने हुन्छ । यस्ता विषण्ण र उदास अवस्थामा काम गर्दा आप्mनो निजी जैविक प्रधानता र प्रमुखताको एकदमै प्रष्ट चित्र सामुत्रे आउंछ त्योनै यस कार्यको फल भनेर मैले संतोष गर्ने गर्छु ।


निष्कर्ष

मृत्युको परिभाषा लाई सरल बनाउनु पर्ने हुन्छ । द्वैध अर्थ भएको परिभाषाले समस्या झन जटिल बनाउंछ । शांत मृत्यु सबैको अधिकार हो । जन्म अनिश्चित भए पनी मृत्यु निश्चितनै हुन्छ । मृत्यु उपयोगी हुनका लागी अङ्गदान मात्र प्रभावकारी उपाय देखीन्छ । हाल अनुमति स्पष्ट छैन भने अङ्गदान गर्न गराउन पाइत्र । यसमा हामीले दृष्टांत परिवर्तन गर्नु पर्ने भएको छ
। अङ्गदानको पुर्वानुमती छ भनेर मात्रे र स्पष्ट विपरीत आदेश न भएको खण्डमा प्रत्यारेपण हेतु प्रत्येक मृत्यु पछी अङ्ग निकाल्ने सोचको विकास गर्न सकेमा मात्रै हामीसबैले उपयोगी मृत्यु पाउने छौं ।